एजेन्सी । नेल्सन मन्डेलाकी पत्नी विन्नी मन्डेलाको ८१ वर्षको उमेरमा निधन भएको छ। एक वर्षदेखी अस्पतालमा बिताइरहेकी उनको सोमबार निधन भएको हो।
अन्तर्राष्ट्रिय रुपमा नेल्सन मन्डेलाकी पत्नीको रुपमा चिनिने उनी अफ्रिकामा भने भेदभाव विरुद्ध लड्ने अभियान्ताको रुपमा चिनिन्छन्। उनलाई अफ्रिकीहरुले राष्ट्र माता समेत भन्ने गरेका थिए ।
विन्नी मन्डेलाको जन्म सन् १९३६ मा भएको थियो। उनले २२ वर्षको उमेरमा सन् १९५८ मा नेल्सन मन्डेला संग विवाह गरेकी थिइन्। नेल्सन मन्डेलाले जेल जीवन बिताउँदा विन्नी उनको लागि दह्रो साहारा बनेर उभिइन्।
विन्नीले नेल्सन मन्डेलालाई जेल बाट छुटाउनको लागि अन्तर्राष्ट्रिय अभियान चलाएकी थिइन्। त्यो समयमा उनी लगायत उनको परिवारलाई सरकारले दमन गर्ने, तर्साउने, उनीहरुमाथि हिँसा गर्ने गर्दथ्यो। तर विन्नीले हिम्मतलाई कायम राखेर ती सबैसंग जुधीन् र सधै नेल्सन मन्डेलालाई नै साथ दिइन्।
जब नेल्सन मन्डेला पत्र पत्रिका तथा खबरका माध्यमबाट बन्चित थिए, त्यो समयमा विन्नीले नै उनलाई संसारसंग जोडीदिन्थन्। नेल्सन मन्डेलाको लागि उनी मात्र संसारको घटनाक्रमसंग अपडेट हुने माध्यम थिइन्। नेल्सन मन्डेलाको श्रीमती मात्र नभएर उनले एउटा अभियान्ताको रुपमा नै आफूलाई सक्रिय राखीन्।
वैवाहिक सम्बन्धको ३८ वर्षपछि सन् १९९६ मा नेल्सन मण्डेला जेलमा रहेका बेला उनीहरुले सम्बन्ध विच्छेद गरेका थिए। सम्बन्ध विच्छेदपछि पनि उनले मण्डेलाकै थर प्रयोग गरिरहेकी थिईन्।
उनी आफ्नो देशका मानिसहरुलाई दमन गर्न खोज्नेहरुको अगाडी झुक्नुहुन्न भनेर सिकाउँथिन्। नेल्सन मन्डेलाको कार्यकालमा उनी मन्त्रि समेत भएकी थिइन्। विन्नी मन्डेला आफ्नो जीवनमा विवादमा समेत तानीइन् । उनका अंगरक्षकले चार जना युवकलाई अपहरण गरेर एक जनालाई मारेपछि, त्यो मुद्धामा विन्नी पनि तानीइन्। त्यसपछिको बैंक चोरी प्रकरणले पनि उनलाई विवादमा तान्यो।
बैंकबाट चोरी भएको पैसा गरिबहरुलाई बाँडिएको र अरु कुनै काममा प्रयोग नभएको पाइएपछि उनको सजायलाई कम गरिएको थियो। विभिन्न विवाद प्रकरणलाई चिर्दै विन्नी यो उमेरसम्म आइपुग्दा पनि आफ्नो अभियान र विभिन्न कार्यहरुमा अगाडी बढ्दै आएकी थिइन्।
विन्नी मन्डेलाको निधनको खबरपछि यतिबेला ट्वीटरमा विभिन्न देशका राजनीतिज्ञ, अभियान्ता तथा अधिकारिहरुले समवेदना प्रकट गरिरहेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
