प्रधानमन्त्री ओलीको ‘तुइनमुक्त नेपाल’ घोषणा अलपत्र

काठमाडौं । केपी शर्मा ओलीले अघिल्लोपटक प्रधानमन्त्री हुँदा मुलुकभरबाट तत्काल तुइन हटाउने पहिलो निर्णय गरेका थिए। तर, उनी दोस्रोपटक सत्ताको नेतृत्वमा पुग्दा पनि मुलुकका विभिन्न नदीमा रहेका तुइन जस्ताका तस्तै छन्।

२०७२ असोज २५ मा ‘देशभरका तुइन हटाउने’ प्रधानमन्त्री ओलीको पहिलो निर्णय साढे दुई वर्ष बितिसक्दा पनि पूरा हुन नसकेको हो । अघिल्लोपटक ओली करिब १० महिना सत्तामा बसेका थिए । उनीपछि पुष्पकमल दाहाल र शेरबहादुर देउवा प्रधानमन्त्री बनेर बाहिरिएका छन् । ओलीको ‘तुइनमुक्त नेपाल’ बनाउने घोषणा अलपत्र छ।

Advertisement

उनले घोषणा गरेको साढे दुई वर्ष बितिसक्दा ८१ वटा तुइन हटेर झोलुंगे पुल बनेको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको दाबी छ । प्रधानमन्त्री ओलीले दुई वर्षभित्रमा तुइन हटाएर झोलुंगे पुल बनाउने प्रतिबद्धता जनाएका थिए।

केपी ओली नेतृत्वको अघिल्लो सरकारले एक सय ८७ वटा तुइन विस्थापन गर्ने निर्णय गरेको थियो । अहिलेसम्म ८१ वटा स्थानमा तुइन हटाएर झोलुंगे पुल बनाइएको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागका महानिर्देशक जीवनकुमार श्रेष्ठले बताए।

उनका अनुसार अझै ५३ वटा तुइन हटाएको ठाउँमा पुल बन्न बाँकी छ। बाँकी ४८ वटा बनाउन तुइन बनाउन नपर्ने महानिर्देशक श्रेष्ठले बताए। भारतले महाकाली नदीमा निर्माण स्वीकृति नदिँदा ५ वटा पुल बनाउन नसकिएको उनले बताए। ४८ वटा तुइन भएका स्थानमा मोटरेबल पुल र फास्ट ट्र्याकले विस्थापित गरेका कारण बनाउन नपरेको उनले बताए। आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ।

More News last news
Loading...