काठमाडौं । प्रतिक्षित फिल्म ’शत्रु गते’ शुक्रबार रिलिज हुँदैछ । फिल्म रिलिज अगाडि नै मल्टिप्लेक्समा धमाधम टिकट बुकिङ भैरहेको छ।
सार्वजनिक गीत तथा ट्रेलरको कारण प्रतिक्षित बनेको फिल्मलाई हेर्न दर्शकले चासो देखाएका छन् । फिल्मले मल्टिप्लेक्समा राम्रो शो पाएको छ । फिल्मले क्युएफएक्स च्यानल अन्तर्गतको हलमा २२ शो , बिग मुभिजमा ९ शो , एफक्युबमा ८ शो , सिने डी सेफमा १० शो , बिएसआर मुभिजमा ८ शो र क्युज सिनेमाजमा ७ शो पाएको छ।
यससँगै फिल्म राजधानीका सिंगल हलमा पनि राम्रो शो पाएको छ । फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन्।
फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसँग मिलेर तयार गरेका हुन् ।
यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरि पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।
फिल्म युनिटका कसले के भने ?
हरिवंश आचार्य :
फिल्मको बुकिङ खुलिसकेपछि दर्शकले देखाउनु भएको उत्साहले हर्षित छौँ । हामीले आफ्नो काम राम्रो गर्ने प्रयास गरेका छौँ र दर्शकको रुची अनुसारकै फिल्म बनाएका छाैँ जस्तो लाग्छ ।
फिल्म शुक्रबार रिलिज हुदैछ । फिल्मलाई हामीले मनोरञ्जनको पूर्ण प्याकेज बनाउने कोसिस गरेका छौ । फिल्मले हसाउँछ , रुवाउँछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
