काठमाडौं । नेपाल टेलिकमको मोबाइल फोन सेवा देशैभर अवरुद्ध भएको छ। एनटिसीको प्रिपेड र पोस्टपेड दुवै सेवा अवरद्ध भएको हो।
बिहीबार बिहान सात बजे पछाडिबाट नेपाल टेलिकमको नेटर्कबाट फोन नलाग्ने तथा एसएमएस पनि नजाने समस्या देखिएको छ।
यस्तो समस्या देशभर नै देखिँदा सेवाग्राहीहरु मर्कामा परेका छन्।
एनटिसीमा देखिएको समस्याको समेत पहिचान हुन सकेको छैन। समस्या समाधानको पहल भइरहेको नेपाल टेलिकमले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
