१५ वर्षीया किशारीलाई १३ दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार

काठमाडौं । मानसिक अपांगता भएकी १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । कीर्तिपुरकी ती किशोरीलाई बसका चालक र सहचालकले १३ दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको खुलेको हो।

प्रहरीले घटनामा संलग्न भएको अभियोगमा चारजनालाई पक्राउ गरेको छ। अन्य अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

प्रहरीका अनुसार किशोरीलाई दुई समूहले सामूहिक बलात्कार गरेका हुन् । घटनामा सातजनाभन्दा बढी संलग्न थिए।

‘किशोरीमाथि सामूहिक बलात्कार भएको छ । घटनामा संलग्न चारजनालाई पक्राउ गरिएको छ । बाँकीको खोजी भइरहेको छ । घटनाको विवरण अहिले गोप्य राखिएको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले भने।

परिसरका डिएसपी मोहन थापाले किशोरीलाई बसका चालक–सहचालकसहितका छुट्टाछुट्टै दुई समूहले सामूहिक बलात्कार गरेको बताए । उनले भने, ‘किशोरीमाथि दुई समूहले बलात्कार गरेको खुलेको छ । उनीहरूले बन्धक बनाएर बलात्कार गरेको देखिन्छ।’

यसरी भयो घटना

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार किशोरी १५ फागुनमा कीर्तिपुरबाट बल्खुका लागि सार्वजनिक बस चढेकी थिइन् । तर, उनी बल्खु झरिनन् । बसमै चढेर ललितपुरको हरिसिद्धि गइन्। त्यसवेलासम्म बसबाट सबै यात्रु ओर्लिसकेका थिए । बसको पछाडिको सिटमा उनी एक्लै रहेको देखेपछि सहचालकले समाते। फकाउँदै गोदावरीस्थित कोठामा लगे। बेलुकाको खाना बसका चालक र सहचालकले नै खुवाए । उनीहरूले मादक पदार्थ सेवन गरे। अनि पालैपालो बलात्कार गरे।

एक हप्ताभन्दा बढी समय उनीहरूले किशोरीलाई त्यही कोठामा बन्धक बनाए। एक दिन किशोरी भागिन्, तर बसका सहचालकले उनलाई बाटैमा फेला पारे । पुनः समातेर अर्को समूहको जिम्मा लगाइदिए । अर्को समूहमा रहेकाहरूले पनि किशोरीलाई आफ्नो कोठामा पु¥याएर पालैपालो बलात्कार गरे । प्रहरीका अनुसार २९ फागुनमा उनीहरूले किशोरीलाई स्वयम्भूमा लगेर छाडिदिए। त्यसपछि उनी घर पुगिन्।

घटना विवरण बुझेपछि किशोरीका परिवारले प्रहरी परिसर काठमाडौंमा जबर्जस्ती करणीको मुद्दा हाले। त्यसपछि चार अभियुक्त पक्राउ परे। बाँकीको खोजी भइरहेको प्रहरीले जनाएको छ।
(नयाँ पत्रिका दैनिक)

More News last news
Loading...