काठमाडौं । प्रोस्टेट क्यान्सर मानिसका लागि निकै खतरनाक हुन्छ। पछिल्लो समय यस्ता बिरामीको संख्या बढ्दो छ।
प्रोस्टेट एक किसिमको ग्रन्थि हो। यस्तो ग्रन्थि पिसाबथैलीको ठीक तल हुन्छ। यसलाई प्रजनन ग्रन्थि वा पुरुष ग्रन्थि पनि भनिन्छ।
यसले तरल पर्दाथको निर्माण गर्ने काम गर्छ। जसले विर्यलाई हुर्काउन मद्दत गर्छ। यस्तो क्यान्सरले निसन्तान, विर्य नष्ट, शारीरिक सम्पर्कमा समस्यालगायत हुने गर्छ।
यी हुन् प्रोस्टेट क्यान्सरका लक्षणः
-छोटो–छोटो समयमा पिसाब लाग्ने ।
-पिसाबको धारा मसिनो हुने र छरिएर जाने ।
-अत्याधिक पिसाबल ागेको महसुस हुने तर कम मात्र जाने ।
-पिसाब गर्ने बेला अड्किरहने वा समय लाग्ने, बल गरेर पिसाब गर्नु पर्ने ।
-छोटो समय पनि पिसाब रोक्न नसकिने, पिसाब फेरिसकेपछि पनि बाँकी रहेजस्तो अनुभव हुने ।
-पिसाब गर्नुअघि र पछि नाइटोवरिपरि दुख्ने, कहिलेकाहीँ नाभीदेखि अण्डकोषसम्म दुखाइको अुनभव हुने।
-त्यस्तै, कहिलेकाहीँ अण्डकोषदेखि मलद्वारसम्म दुख्ने, पिसाब नराम्रो गन्ध आउने ।
-पिसाबमा रगत देखा पर्ने ।
-त्यस्तै, शारीरिक सम्पर्क गर्न गाह्रो हुने र सम्पर्कपछि विर्य निस्कँदा दुख्ने पोल्ने ।
-पुरुषको हकमा लिंगमा कडापन नहुने, विर्यमा रगत देखा पर्ने ।
-सम्भोगको रुची कम हुँदै जाने र लामो समय शारीरिक सम्पर्कका लागि असमर्थ हुने ।
नयाँ पत्रिकाबाट
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
