विराटनगर । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका सुन तस्कर गोरे एवं रुपेश भनेर चिनिने चूडामणि उप्रेतीले सहयोगीकै हत्या गरेको खुलेको छ।
आफ्नो सहयोगीको रुपमा रहेका उर्लाबारी ७ का ३५ बर्षीय सनम शाक्यको हत्या उप्रेतीले गरेको प्रहरी अनुसन्धानले देखाएको छ।
चीनको केरुङ नाका हुँदै तस्करी गरेर नेपाल भित्राएको उप्रेतीको साढे ३३ किलो सुन हराएको विषयमा विवाद भई हत्या गरेको खुलेको मोरङ प्रहरी प्रमुह एसपी अरुणकुमार बीसीले बताए।
उनका अनुसार करेन्ट लगाएर यातना दिने क्रममा शाक्यको फागुन १८ गते उर्लाबारीको सोल्टी खोला किनारको जंगलमा मृत्यु भएको थियो।
उनको शव गायब बनाउने प्रयास गरेको पनि प्रहरी अनुसन्धानमा देखिएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
