गौशालामा गोली चल्यो, पेस्तोल सहित गणेश लामा पक्राउ

काठमाडौँ । काठमाडौँको गौशालामा गोली चलेको छ। गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेको हो।

गोली चलेको केही समयमै घटनास्थल पुगेको प्रहरी टोलीले गुण्डा नाइके गणेश लामालाई महानगरिय प्रहरी वृत्त गौशालाले पक्राउ गरेको छ।

Advertisement

प्रहरीले उनको साथबाट पेस्तोल र ६ राउण्ड गोली समेत बरामद गरेको छ। उक्त घट्नाको थप अनुसन्धान भइरहेको जनाइएको छ।

More News last news
Loading...