काठमाडौँ । कांग्रेसले प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने आफ्ना सांसदलाई संसद्मा प्रस्तुत हुने शैली सिकाउने भएको छ।
यसका लागि आज (बुधबार) बिहान ११ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा अभिमुखीकरण राखिएको छ।
सभापति शेरबहादुर देउवाले कार्यक्रमको उद्घाटन गरेपछि विज्ञ, नेताहरूले सांसदलाई संसदीय परिपाटीका विषयमा सिकाउने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
प्रतिनिधिसभामा ६३, राष्ट्रिय सभामा १३ र प्रदेश सभामा कांग्रेसका १ सय १३ गरी कुल १ सय ८९ सांसद छन्।
‘हामीले केन्द्रका दुवै सदन र प्रदेशका सांसदका लागि संसदीय परिपाटीका विषयमा प्रशिक्षण दिन लागेका छौँ,’ उनले भने, ‘कसरी प्रस्तुत हुने र धारणा बनाउने, सांसदलाई सुसूचित गर्ने, शून्य समय, विशेष समय र कुन वेला बोल्न हुन्छ, कुन वेला हुँदैन भन्नेमा बोल्न सिकाउन लागिएको हो।’आज नयाँ पत्रिका दैनिकले खबर छापेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
