धर्मशास्त्र अनुसार यी ३ बार कहिल्यै नकाट्नु दारी र कपाल !

धर्मशास्त्रमा जीवनका नियमहरु उल्लेख छन्। त्यसमा दारी र कपाल काट्न नहुने दिन समेत उल्लेख छ। यी दिनमा दारी कपाल काट्दा अशुभ हुने मानिन्छ।

यी दिनमा नकाट्नुस् कपाल शास्त्रका अनुसार मंगलवार, विहीवार र शनिवार कपाल काट्नु हुँदैन। यसले अशुभ गराउने विश्वास छ । ज्योतिष शास्त्रका अनुसार पनि मंगलबार मंगलको दिन हो।

Advertisement

शरीरमा पनि मंगलको निवाश हुने यो दिनमा कपाल काट्नु नराम्रो मानिन्छ। मंगलबार र शनिबार कपाल काट्दा अशुभ प्रभाव पर्ने उल्लेख छ।

शास्त्रका अनुसार मंगलबार कपाल काट्दा ८ महिना कम हुन्छ मान्छेको आयु विहीबार लक्ष्मीको दिन मानिन्छ।

यस दिन कपाल काट्दा लक्ष्मी अर्थात धनकी देवी बेखुसी भएर दरिद्र हुने सम्भावना हुन्छ। शनिबार कपाल काट्दा ७ महिना आयु कम हुने विश्वास गरिन्छ।

बाँकि रहेका सोमवार, बुधवार, शुक्रवार र आइतवार कपाल काट्नु राम्रो मानिन्छ।

More News last news
Loading...