श्रीदेवीको निधनपछि बलिउडको अध्याँरो पक्षमाथि प्रश्न !

बीबीसी । बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको निधनले अड्कलीबाजीको लहर नै सिर्जना गरिदिएको छ, त्यसमध्ये केही निकै नमीठा लाग्छन्।

तर उनको दुःखद मृत्युले भारतको ड्रिम फ्रयाक्ट्री भनिने बलिउड चलचित्र उद्योगमा काम गरिरहेकाहरुलाई सो क्षेत्रमा काम गर्दा महिलाहरुले, तथा त्यहाँको घरानासँग कुनै पारिवारिक सम्बन्ध नभएका बाहिरियाहरुले, सामना गर्नुपर्ने अत्यासलाग्दा दबाबहरुका बारे खुल्न प्रेरित गरेको पत्रकार सुधाजी तिलकले उल्लेख गरेकी छन्।

Advertisement

मुम्बई शहरमा केन्द्रित हिन्दी चलचित्र उद्योगलाईबलिउड चलचित्रकर्मीहरुले प्रायःजसो उनीहरुकै शब्दमा एउटा ठूलो परिवार भन्छन्, तर यो ठूलो सिर्जनात्मक क्षेत्रमा रहेका विचलनहरु बेवास्ता गर्न नसकिने हुँदै गएका छन्।

श्रीदेवीको निधनले भारतीय सामाजिक संजालहरुमा सो उद्योगमा काम गर्दा अग्रणी महिलाहरुले सामना गर्ने दबाब र तिनीहरुको सफलता पछाडिको कथा प्रति व्यापक प्रतिक्रियाहरु व्यक्त गरिएका छन्।

साथै बलिउडमा सफलता हासिल गर्ने सपना देखेर मुम्बई पुगेका कैयौँ आकांक्षीहरुको दुर्दशा पनि उजागर गरिएको छ। पितृसत्तामक सोच र पुरुषभन्दा महिलाको शोषण गर्ने प्रवृत्तिका कारण बलिउडको इतिहास खराब छ, परिचय नखुलाउने शर्तमा एक बलिउड कलाकारले भने।

विगत दुई दशकमा कैयौँ वेबसाइटहरुले बलिउड कलाकारको प्रेमप्रसंग वा विछोड, मादकपदार्थ सेवन वा लागू पदार्थ दुर्व्यसन तथा तिनीहरु संलग्न आपराधिक गतिविधिहरु बारे हल्ला वा खबर प्रकाशित गरिरहेका छन्।

श्रीदेवीको निधन दुर्घटनावश् बाथटबमा डुबेर भएको भनिएको समाचार बाहिरिएपछि पुरानी बलिउड नायिका सिमी ग्रेवालले श्रीदेवी र अमेरिकी गायिका(नायिका ह्वीट्नी ह्युस्टन दुवैको मृत्युमा अनौठा समानताहरु भएको भन्दै सामाजिक संजाल ट्वीटरमा लेखेकी थिइन्।

कम्तीमा १६ जना नायिकाहरु तथा ९ जना नायकहरुले, चलचित्र उद्योगको माग अनुरुप प्रस्तुत हुन नसकेर तथा पीडाहरु वा डिप्रेसनका कारण आत्महत्या गरेको बताइएको छ।

बक्सअफिसमा चलचित्र सफल हुनुपर्ने, कलाकारहरुलाई एकदमै आकर्षक देखिन पर्ने दबाब र सामाजिक सञ्जालमा हुने टीकाटिप्पणीले सफल कलाकारहरुलाई पनि असर पारेको छ।

सफल नायिका दीपिका पादुकोणले पनि सार्वजनिक रुपमा यस्तो माहोलमा डिप्रेशनको शिकार हुन पुगेको बताएकी थिइन्।

तेलुगु भाषाका चलचित्रहरुमा श्रीदेवीलाई नायिकाका रुपमा निर्देशन गरेका निर्माता तथा निर्देशक रामगोपाल बर्माले ती चर्चित बलिडड नायिका आफ्नो वास्तविक जीवनमा बेखुशी भएको भन्दै सामाजिक सञ्जालमा सन्देश राखेका छन्।

उनले जीवनमा धेरै चीजहरुको सामना गर्नुपर्‍यो। बाल कलाकारका रुपमा चलचित्र उद्योगमा प्रवेश गरेकी उनलाई उनको जीवनले कहिल्यै सामान्य अवस्थामा हुर्कन समय दिएन।

गत वर्ष पत्रकार वीर संघवीसँग कुरा गर्दै श्रीदेवीले आफूलाई बलिउडको काम गर्ने शैलीसँग अभ्यस्त हुँदा सामना गर्नुपरेको अनुभव बारे बताएकी थिइन्।

दक्षिण भारतीय चलचित्र उद्योगमा काम गर्दा सुटिङ बिहान ६ बजे शुरु हुने तर मुम्बईमा अबेर दिउँसोसम्ममा पनि कलाकारहरु सेटमा नआउने र त्यसले उनलाई बेचैन बनाउने उनले बताएकी थिइन्।

साथै आफ्नो पहिलो बलिउड चलचित्रको प्रचारप्रसारमा आफूले निकै भयभित महसुस गरेको र बलिउड पापाराजीका कारण उनकै शब्दमा निकै असहज महसुस गरेको बताइएकी थिइन्।

विगत दुई दशकमा युवा कलाकारहरुले बलिउड कसरी अमैत्रीपूर्ण बन्दै गएको बारे उल्लेख गरेका छन्।

दुई पटकसम्म राष्ट्रिय पुरस्कार जितेकी भारतकी चर्चित नायिका कंगना रनावतले आफूलाई कुकुरलाई जस्तो व्यवहार गरिएको बताएकी थिइन्।

बलिउड उनीजस्ता साना शहरबाट आएकाहरुकालागि कति अमैत्रीपूर्ण र असमान भएको र कसरी त्यसले उनको मानसिकतामा असर पुर्‍याएको बारे उनले बोलेकी थिइन्।

बलिउडसँग पारिवारिक सम्बन्ध नभएर पनि सफल भएका शाहरुख खान, अनुष्का शर्मा, रणवीर सिंह र दीपिका पादुकोण लगायतलाई ठूला चलचित्र निर्माण कम्पनीहरु तथा निमार्ताहरुको साथ छ।

चलचित्र उद्योगले सामना गरिरहेको अप्ठेरो समस्याहरु बारे हुने टीकाटिप्पणीलाई बलिउडमा तथा सार्वजनिक रुपमा महत्व दिइँदैन।

श्रीदेवीको दुःखद अन्त्यले बलिउडको सौन्दर्य बाहिरी आवरणमा मात्र सीमित हुन नहुनेतर्फ आत्मविश्लेषण गरिनुपर्ने संकेत गरेको छ।

More News last news
Loading...