सुन्दरताकै कारण प्रतिबन्ध झेलेकी यी नायिका

जकार्ता । विभिन्न मुलुकमा सौन्दर्य प्रतियोगिता हुने गर्दछन् । सुन्दरताका लागि कयौंले निकै मेहनत र खर्चसमेत गर्दछन् तर डेनी क्वान यस्ती अभागी भइन् जो सुन्दरताकै कारण सरकारबाट प्रतिबन्ध झेलिरहेकी छन्।

डेनी क्वान कम्बोडियाकी नायिका हुन् । गत वर्ष अप्रिलमा त्यहाँको सरकारलाई उनलाई एक वर्षसम्म नयाँ चलचित्रमा अभिनय गर्न रोक लगाएको थियो।

Advertisement

आवश्यकताभन्दा बढी कामुक भएको भन्दै उनलाई सरकारले नयाँ चलचित्रमा अभिनय गर्न एक वर्षसम्मका लागि रोक लगाएको हो । उनलाई कम्बोडियामा कामुक सुन्दरी मानिन्छ।

डेनी क्वानका प्रशंसकहरुका अनुसार उनले अन्य नायिकासरह नै आफूलाई प्रस्तुत गर्र्दै आएकी थिइन् । तर सरकारले उनलाई मात्र प्रतिबन्ध लगाउनुको प्रमुख कारण उनी सुन्दर हुनु नै रहेको प्रशंसकहरु बताउँछन्।

सरकारको सो निर्णयविरुद्ध उनले अपीलसमेत गरेकी थिइन्। तर परिणाम निराशाजनक नै रह्यो । अन्ततः उनी प्रतिबन्ध झेलेर अभिनयबाट टाढिएको १० महिना बितेको छ।

उनीमाथि लागेको प्रतिबन्ध अझै दुई महिना कायम रहनेछ। सो अवधिपछि उनले का मगर्न पाउने हुन् या फेरि पनि त्यस्तै प्रतिबन्धको सामना गर्नुपर्ने हो भन्ने प्रष्ट भइसकेको छैन।

More News last news
Loading...