खुमा अर्याल फाउण्डेसनको आठौँ स्थापना दिवसको अवसरमा स्याङ्जामा फरक क्षमता भएका व्यक्तित्वहरूसँग अन्तरक्रिया तथा शैक्षिक र खेलकुद सामग्री वितरण कार्यक्रम आयोजना गरेको छ। फाउण्डेसनले मंसिर ५ अर्थात् भोलि चण्डीकालिका बहिरा (सुस्त श्रवण) विद्यालय, स्याङ्जामा कार्यक्रम गर्न लागेको हो। कार्यक्रममा बालमैत्री फर्निचर, शैक्षिक तथा खेलकुद सामग्री वितरणका साथै फरक क्षमता भएका व्यक्तिहरूसँग अन्तरक्रिया गरिने जनाइएको छ।
सामाजिक क्षेत्रमा सक्रिय खुमा अर्याल फाउण्डेसनले विशेषगरी स्याङ्जा जिल्लाका स्थानीय तहहरूसँग समन्वय र सहकार्य गर्दै शिक्षा, स्वास्थ्य, खेलकुद तथा रोजगारका क्षेत्रमा विभिन्न सामाजिक तथा नागरिकमुखी कार्यक्रम सञ्चालन गर्दै आएकोछ। स्वास्थ्य शिविर, खुमा अर्याल कप, न्यानो कपडा वितरण लगायतका बहुआयामिक अभियानमार्फत फाउण्डेसनले समुदायको आवश्यकता र प्राथमिकतालाई सम्बोधन गर्ने प्रयास गर्दै आएको छ।
स्थापनाको आठौँ वर्षमा प्रवेश गरेको फाउण्डेसनले सामाजिक उत्तरदायित्व, समावेशिता र मानवीय सेवाको भावनालाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य तथा सामाजिक सशक्तीकरणका क्षेत्रमा आफ्नो सक्रियता विस्तार गर्दै आएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
