विश्व हिन्दु कलाकार मञ्चद्वारा गीतकार अनिल खनाल सम्मानित

काठमाडौँ | विश्व हिन्दु कलाकार मञ्च नेपालले गीतकार अनिल खनाललाई सम्मान गरेको छ। संस्थाले नेपाली कला संस्कृतिमा पुर्‍याएको योगदानको कदर गर्दै खनाललाई सम्मान गरेको हो।

​खनाल सङ्गीत सिर्जनाका साथै कला र साहित्य क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका छन्। उनका थुप्रै गीतहरू नेपाली सांगीतिक बजारमा लोकप्रिय रहेका छन्।

Advertisement

​विगत लामो समयदेखि कला क्षेत्रमा आबद्ध उनलाई मञ्चले काठमाडौँस्थित पालज्ञ होटलमा आयोजना गरेको एक विशेष कार्यक्रमका बीच सम्मानपत्र हस्तान्तरण गरेको हो।

​सम्मान प्राप्त गरेपछि गीतकार खनालले भने, “मलाई योग्य सम्झिएर निमन्त्रणा गरी सम्मान गर्नुभएकोमा विश्व हिन्दु कलाकार मञ्च नेपालप्रति धेरै धेरै आभारी छु।”

More News last news
Loading...