महाधिवेशन प्रतिनिधिमा जिल्ला सभापति थापालाई सर्वाधिक मत, स्याङ्जा–१ बाट ३३ जना निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत स्याङ्जा क्षेत्र नं. १ बाट जिल्ला सभापति राजु थापासहित ३३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। खुलातर्फ थापाले सर्वाधिक १ हजार १७ मत प्राप्त गर्दै प्रतिनिधि निर्वाचित भएका हुन्। खुलातर्फ भरतराज ढकाल, अनुप श्रेष्ठ, अजित अधिकारी क्षेत्री, प्रकाश तिवारी, तुलसीराम रेग्मी, धनराज गुरुङ, भरतप्रसादलम्साल, दीपक लम्साल र गोविन्दबहादुर रानाभाट निर्वाचित भएका छन्। खुला महिलातर्फ उर्मिला गुरुङ सर्वाधिक मतसहित निर्वाचित हुँदा देवी अर्याल, तारा मल्ल र बन्दना लम्साल पनि प्रतिनिधि चयन भएका छन्।

विभिन्न समावेशी क्लस्टरतर्फ दलितबाट दीपक बि.क., श्रमिकबाट महेशबहादुर थापा (गणेश), पेसागततर्फ इन्जिनियर सुदर्शन शर्मा, अपांगतातर्फ दिपेन्द्र खड्का, सहिद परिवारतर्फ ओमबहादुर भट्ट क्षेत्री र मुस्लिमतर्फ सा. मोहम्मद मिया निर्वाचित भएका छन्। ३५ वर्षमुनिको युवातर्फ महिलामा रेजिना खड्का तथा खुलातर्फ इन्जिनियर सुबास पौडेल र सौजन गुरुङ निर्वाचित भएका छन्। दलित महिलातर्फ अनिता रुचाल, दलित खुलातर्फ सुजन गहतराज, जनजाति महिलातर्फ सपना गुरुङतथा जनजाति खुलातर्फ गोविन्दकुमार कर्माचार्य र नेमबहादुर राना निर्वाचित भएका छन्।

Advertisement

खस आर्य महिलातर्फ कौशिला पौडेल क्षेत्री र सीता गोदार तथा खुलातर्फ विज्ञान भण्डारी, ध्रुवबन्धु पौडेल र चन्द्रकान्त पोखरेल निर्वाचित भएका छन्। निर्वाचित प्रतिनिधिहरूमध्ये तुलसीराम रेग्मी पुतलीबजार नगरपालिकाका नगर प्रमुख, देवी अर्याल उपप्रमुख, प्रकाश तिवारी अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष र गोविन्दकुमार कर्माचार्य भीरकोट नगरपालिकाका नगर प्रमुख हुन्। विभिन्न क्लस्टर तथा समावेशी समूहबाट प्रतिनिधि चयन भएसँगै स्याङ्जा क्षेत्र नं. १ बाट १५औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको टुंगो लागेको छ। यसैबीच, नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. २ को रोकिएको क्षेत्रीय अधिवेशनको मतदान आज पुनः हुँदैछ। केन्द्रीय निर्वाचन समितिको निर्देशनपछि रोकिएको मतदान प्रक्रिया पुनः सञ्चालन गर्न लागिएको हो।

More News last news
Loading...