दीपक न्यौपाने कांग्रेस महाधिवेशन प्रतिनिधिमा भिड्दै

स्याङ्जा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र भइरहेका बेला स्याङ्जा गल्याङका दीपक प्रसाद न्यौपानेले खस–आर्यतर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा अघि बढाएका न्यौपानेले विद्यार्थी राजनीतिदेखि पार्टी संगठनसम्म निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । पृथ्वीनारायण क्याम्पस, पोखरामा अध्ययनका क्रममा विद्यार्थी आन्दोलन तथा प्रतिगमनविरोधी आन्दोलनमा सक्रिय रहेका उनी काठमाडौंको शंकरदेव क्याम्पसमा रहँदा पनि विद्यार्थी राजनीतिमा क्रियाशील रहे ।

Advertisement

२०६२/६३ को जनआन्दोलनमा समेत सक्रिय सहभागिता जनाएका न्यौपानेले विद्यार्थीका शैक्षिक तथा संगठनात्मक सवाललाई प्राथमिकताका साथ उठाउँदै आएका छन् । नेपाल विद्यार्थी संघको केन्द्रीय महाधिवेशनमा उम्मेदवारी दिएका उनले स्याङ्जा–काठमाडौं सम्पर्क समितिको सभापतिको जिम्मेवारीसमेत सम्हालेका थिए। उक्त भूमिकामा उनले काठमाडौंमा अध्ययनरत स्याङ्जाली विद्यार्थीका समस्या समाधान तथा आवश्यक सहजीकरणमा काम गरेका थिए ।

हाल नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य रहेका न्यौपानेले पार्टी संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउने तथा युवा, विद्यार्थी र आम कार्यकर्ताका मुद्दालाई पार्टीको केन्द्रसम्म प्रभावकारी रूपमा पुर्‍याउने उद्देश्यले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको बताएका छन्।

More News last news
Loading...