विपत्तिको सहयोगी बनेका ‘लक्ष्मण’ प्रदेश सभापतिको दौडमा

स्याङ्जा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं २ (क) को प्रदेश सभापति पदमा याम प्रसाद अधिकारी ‘लक्ष्मण’ले उम्मेदवारी दिने भएका छन् । सामाजिक तथा मानवीय सेवामा लामो समयदेखि सक्रिय अधिकारीले सेवा, संगठन र कार्यकर्ताबीचको समन्वयलाई आफ्नो राजनीतिक यात्राको आधार बनाउँदै आएका छन् ।

२०७२ सालको विनाशकारी भूकम्पदेखि बाढीपहिरो तथा कोभिड–१९ महामारीसम्मका कठिन परिस्थितिमा अधिकारी राहत तथा सहयोगका काममा प्रत्यक्ष रूपमा खटिएका थिए । महामारीका समयमा औषधि, अक्सिजन र खाद्यान्न व्यवस्थापनदेखि प्रभावित परिवारलाई सहयोग पुर्‍याउने काममा समेत उनी सक्रिय रहे ।

Advertisement

लायन्स क्लब तथा जेसिजजस्ता सामाजिक संस्थामार्फत निरन्तर मानवीय सेवामा जोडिएका अधिकारीले विपन्न तथा असहाय परिवारलाई सहयोग गर्दै आएका छन् । सामाजिक सेवासँगै नेपाली कांग्रेसको संगठन निर्माणमा समेत सक्रिय उनले कार्यकर्ताबीच समन्वय, समस्या समाधान र संगठनलाई स्थानीय तहसम्म प्रभावकारी बनाउने विषयलाई प्राथमिकता दिँदै आएका छन् ।

प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गर्दै अधिकारीले पार्टी संगठनलाई थप सुदृढ, एकताबद्ध र कार्यकर्तामैत्री बनाउने लक्ष्य अघि सारेका छन् । सामाजिक क्षेत्रमा हासिल गरेको अनुभवलाई संगठन निर्माणसँग जोड्दै तल्लो तहका कार्यकर्ताको आवाजलाई नेतृत्वसम्म पुर्‍याउने उनको प्रतिबद्धता छ । अधिकारीको उम्मेदवारीसँगै क्षेत्र नं। २ ९क० मा प्रदेश सभापतिको प्रतिस्पर्धा थप रोचक बनेको छ ।

More News last news
Loading...