जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख नरेन्द्रबहादुर शाहीको नयाँ तीज गीत ‘जिन्दगी लरी लै’ सार्वजनिक भएकोछ।
तीज पर्वको मौलिकता, पारिवारिक जीवन र नेपाली समाजका यथार्थ भावनालाई समेटिएको गीतमा नरेन्द्र शाही र रञ्जिता विश्वकर्माको स्वर रहेको छ। गीतको शब्द तथा संगीत शाहीले सिर्जना गरेका हुन् भने सङ्गीत संयोजन कृष्ण लामिछानेले गरेका हुन।
गीतको भिडियोमा नारायणी खत्री र राजेश भण्डारीको अभिनय रहेको छ। यस्तै, भिडियोको निर्देशन सुरेश पाण्डेले गरेका हुन। मौलिक तीज संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले तयार गरिएको ‘जिन्दगी लरी लै’ गीतले सार्वजनिक भएसँगै दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
