जापानको पश्चिमी र पूर्वी क्षेत्रमा आगामी हप्ता तापक्रम अत्यधिक बढ्ने र खतरनाक गर्मी हुने सम्भावना रहेको छ। विशेषगरी नागोया र टोकियोमा ३५ डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुग्ने अनुमान गरिएको छ।
अर्कोतर्फ, जापानको उत्तरी क्षेत्रमा भने भारी वर्षाको सम्भावना रहेको छ। मौसम विभागले तटीय क्षेत्रहरूमा बाढी र पहिरोको जोखिमबारे चेतावनी जारी गरेको छ।
गर्मी र वर्षा दुवैबाट बच्न आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
