भारतमाथि पाकिस्तानको जवाफी आक्रमण, जम्मू विमानस्थलमा विस्फोटको खबर

काठमाडाैं | पाकिस्तानले भारतमाथि जवाफी आक्रमण गरेकाे खबर आएको छ । समाचार एजेन्सी एसियन न्यूज इन्टरनेशनलले पाकिस्तानले जम्मू लक्षित गरेर ड्रोन आक्रमण गरेको उल्लेख गरेको छ । बीबीसीको अर्काे समाचारमा जम्मू विमानस्थलमा विस्फोट भएको खबर प्रत्यक्षदर्शीले बताएका छन् ।

उनका अनुसार जम्मू विमानस्थल नजिकै १६ वटा वस्तुहरू खसेको देखिएको छ । एक सुरक्षा स्रोतले एएफपी समाचार एजेन्सीलाई बताएअनुसार विमानस्थलमा विस्फोट भएको थियो। प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताएअनुसार बजारहरू बन्द छन् भने मानिसहरू दौडिरहेको, साइरन बजिरहेको र शहरभरि बिजुली काटिएका छन् ।

Advertisement

यसैगरी बीबीसी संवाददाता दिव्या आर्यका अनुसार पनि जम्मूका धेरै ठाउँमा मानिसहरूले विस्फोटको आवाज सुनेका छन् भने सम्पूर्ण शहरमा बिजुली आपूर्ति बन्द छ।

कठुआका नागरिकहरूले दुई ठाउँमा विस्फोटको आवाज सुनेका छन् र यहाँ पनि बिजुली काटिएको छ। कठुआ जम्मूबाट डेढ घण्टा टाढा छ। बिहीबार रातिको समयमा, दुबै शहरहरू पूर्ण रूपमा अँध्यारोमा छन्।

More News last news
Loading...