काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन गर्ने तयारी गरिरहँदा तीन क्याम्पस स्ववियु सभापतिले विरोध जनाएका छन् । त्रिवि कार्यकारी परिषद्ले जारी गरेको निर्देशिकाअनुसार सबै विद्यार्थी संगठन निर्वाचनमा होमिएको बेला त्रिविसभा सदस्यसमेत रहेका तीनजना स्ववियु अध्यक्षले कार्यविधिमा उल्लेख भएको विषय परिवर्तन गरी चैत ५ गते निर्वाचन हुन नसके थप ६–६ महिनाको दरले स्ववियुको कार्यकाल बढाउनुपर्ने जिकिर गरेका छन् ।
“कार्यकारीले जारी गरेको निर्देशिकाअनुसार चैत ५ गते निर्वाचन हुन नसकेका क्याम्पसमा चैत ४ गतेबाट कार्यसमिति स्वतः भंग हुन्छ” त्रिविका कानुनी सल्लाहकार नारायण खनालले भने । उनका अनुसार रातो किताबमा उल्लेख भएअनुसार निर्देशिका जारी भएको हो । दुईवर्षे कार्यकाल सकिएपछि अर्थात चैत ४ गतेपछि सबै क्याम्पसका कार्यसमिति भंग हुने छन् ।
कार्यविधिमा निर्धारित मितिमा कुनै कारणबस निर्वाचन स्थगित भएमा निर्वाचन अधिकृतको सिफारिसमा क्याम्पस प्रमुखले निर्वाचन स्थगन गरी १५ दिनभित्र कुनै मिति तोकेर तोकिएको चरणबाट अघि बढाई निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
