कविता ‘नेपाल आमा’ जीवन मित्र पन्डित

 

 

कविता

नेपाल आमा 

Advertisement

तीनकोटि जनकी उदार मनकी नेपाल आमा तिमी ।
तराई भित्री मदेश पहाडहरु र हिमाल आमा तिमी ।
युगौ युग भरि थियौ र हुनेछौ त्रिकाल आभा तिमी ।
नेपाली जनमा तथा जगतमा विशाल आमा तिमी ।।

शिरमा सोभित हिमालयहरु घाम झुल्केसि लालिमा ।
अमृत दुग्धधरा नदि र झरना मेची महाकालीमा ।
आइ रम्थे रमाउथे शिव पनि पारु सहित शालिमा ।
शालिकग्राम बिष्णु रुपका डुल्छन नदि कालिमा ।।

सिता जन्मदिने पबित्र धरती रामको ससुराली हौ ।
चन्द्र सुर्य सगै अंकित हुने झन्डा लिने काली हौ ।
बुद्धका करुणा मैत्री र दया हो तिम्रो मन्त्रै सरि ।
भाषा बोल्दछ्यौ कयौ किसिमका सृगार नाना थरी ।।

हौ पृथ्वी तलकि पबित्र धरती स्वर्गै सरिकी तिमी ।
तिम्रो उदरमा छ रत्न अनेकौं स्वर्ण सरिकी तिमी ।
एउटा काम छ गर्नु आमा तिमिले युवा उठाउ सब ।
तिम्रो रुप समष्टिमा बदलिन शक्ति जुटाउ अब ।।

रचनाकार : जीवन मित्रय पन्डित

More News last news
Loading...