आजदेखि पुस ५ गतेसम्म काठमाडौँका विभिन्न ठाउँमा दैनिक चार घन्टा विद्युत अवरूद्ध हुने

काठमाण्डौ । काठमाण्डौका विभिन्न ठाउँमा आजदेखि आउँदो पुस ५ गतेसम्म दैनिक चार घन्टा विद्युत अवरूद्ध हुने भएको छ । विद्युत प्राधिकरणले सूचना निकालेर फरक–फरक दिनमा छुट्टाछुट्टै फिडरहरू बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सटडाउन गरिने जनाएको छ ।

प्राधिकरणका अनुसार आज कीर्तिपुरको रोपवे फिडर सट डाउन गरिनेछ । त्यसबाट बल्खु करिडोर क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ । भोलि बिहीवार मच्छेगाउँ फिडर अन्तर्गतका भत्केकपाटीदेखि राराहिल चोक क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ । पर्सि शुक्रवार रोपवे फिडरको कीर्तिपुर रिङरोड क्षेत्र र शनिवार बाफल फिडर अन्तर्गतका स्वयम्भू क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ।

Advertisement

पुस १ गते कीर्तिपुरकै रोपवे फिडर अन्तर्गतका कीर्तिपुर रिङरोड क्षेत्र र खसीबजार क्षेत्र, पुस २ गते मच्छेगाउँ फिडरअन्तर्गत राराहिल चोकदेखि ढाल्पा चोक, पुस ३ गते रोपवे फिडरकै मेत्रीनगर इशानेश्वर मन्दिर क्षेत्र, पुस ४ गते बाफल फिडरअन्तर्गत स्वयम्भू क्षेत्र र पुस ५ गते शङ्खमुलको दोभान पुल क्षेत्रमा विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

ती क्षेत्रमा विजुलीको तार भूमिगत गर्ने कार्यका लागि फिडर सटडाउनमा गर्न लागिएको हो। तर मौसम प्रतिकूल रहे सटडाउन नहुने प्राधिकरणले जनाएको छ ।

More News last news
Loading...