क्यान्सर पीडित सिम्खडालाई टानका कोषाध्यक्षद्धारा ५५ हजार सहयोग

 

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का कोषाध्यक्ष एवं पर्यटन उद्यमी पुरुषोत्तम तिमल्सेनाले क्यान्सर पीडित विवेक सिम्खडालाई ५५ हजार सहयोग गरेका छन् ।

बोनम्यारो क्यान्सरसँग संघर्ष गरिरहेका चितवन जिल्ला कालिका नगरपालिका वडा नं ६ स्थायी ठेगाना भएका १८ वर्षीय विवेक सिम्खडालाई उपचाररच टिचिङ अस्पताल पुगेर पर्यटन उद्यमी तिमल्सेनाले ५५ हजार सहयोग हस्तान्तरण गरेका हुन् ।

Advertisement

चिकित्सकका अनुसार विवेकको उपचारका लागि करिब ७० लाख भन्दा बढी रकम आवश्यक पर्ने बताएका छन् । अभोभ त हिमालय ट्रेकिङका संचालक समेत रहेका तिमल्सेनाले यसअघि पनि विभिन्न समाजसेवाका कार्यहरुमा सहयोग गर्दै आएका छन् ।

More News last news
Loading...