काठमाडौँ । पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको डाँडागाउँ टोलमा विस्फोटक पदार्थ का कारण २ जना बालबालिकाको मृत्यु एवं २ जना घाइते भएको घटनाप्रति बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। घाईते बालबालिकाको निःशुल्क उपचार र शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृत्यु भएका बालबालिका प्रति पूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौ, विज्ञप्तिमा भनिएको छ।
सिजपले सशस्त्र द्वन्द्व सकिएर देशमा शान्ति पुर्नस्थापना भएको १८ पुगिसकेको अवस्थामा पनि द्वन्द्वको अवशेषहरू बांकी रहनु दुखद् कुरा हो । त्यसरी फ्याँकिएका बस्तुहरुबाट हुने सम्भाबित क्षति रोक्न Search, Trace and Dispose अभियान संचालन गर्न अनुरोध समेत गरेको छ ।
सिजपकी अध्यक्ष मिना शर्मा र महासचिव तिलोत्तम पौडेल द्वारा जारी विज्ञप्तिमा भनिएको छ, “बालबालिकालाई भयरहित वातावरणमा खेल्न, हिड्न र विद्यालयमा स्वतन्त्र रुपमा पठनपाठन गर्नका लागि बालबालिका र बिधालय शान्तिक्षेत्र हुन् भन्ने मान्यतालाई आत्मसाथ गर्दै विभिन्न सरकारी निकाय, राजनीतिक दल, क्रियाशील राष्ट्रिय,अन्तर्राष्ट्रिय र स्थानीय नागरिक सघं संस्था, निजी क्षेत्र सम्बद्ध सबैमा बालबालिकाको संरक्षणलाई प्राथमिकतामा राखि काम गर्न हार्दिक अनुरोध गर्दछौँ । यस घटनाको सन्दर्भमा विशेष छानविन गर्न र बालबालिकाको बाँच्न पाउने अधिकार, संरक्षित हुने अधिकार प्रति प्रतिबद्ध हुन साथै आगामि दिनहरुमा यस्ता धटना दोहोरीन नदिन सिजप सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछ ।”

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
