काठमाडौँ । वी.पी.चिन्तन प्रतिष्ठानको काठमाडौं जिल्ला कार्य समितिको अध्यक्षमा इन्द्रमान महर्जन मनोनित भएका छन् । हिजो (आइतबार) प्रतिष्ठानले एक पत्र निकाल्दै मर्हजनलाई प्रतिष्ठानको काठमाडौँ जिल्ला अध्यक्षमा मनोनित गरेको हो ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका युगद्रष्टा, राजनेता, प्रजातन्त्र र समाजवादका प्रवर्तक जननायक वी.पी कोइरालाका विचारहरु जनस्तरसम्म पुर्याई देशलाई सहयोग गरेको भन्दै महर्जनलाई मनोनित गरिएको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानका अध्यक्ष हरिवोल भट्टराईसहितका पदाधिकारीले महर्जनलाई मनोनित पत्र दिँदै कांग्रेस पार्टीमा जस्तै प्रतिष्ठानमा पनि वीपीका विचारलाई जनस्तरमा पुर्याउन योगदान पुर्याउन सल्लाह दिँदै बधाई र सफलताको शुभकामना दिएका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
