काठमाडाैं । एटीएम ताेडफाेड गरेकाे आराेपमा प्रहरीले एक युवकलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा रौतहट यमुनामाई गाउँपालिका वडा न. १ घर भई हाल काठमाडाैं बडा नं. १४ कलंकी बस्ने वर्ष १८ वर्षीय राधेश्याम बैठा रहेका छन् ।
आज दिउँसो काठमाडौंको बालाजु चोकस्थित माछापुच्छ्रे बैंकको एटीएम फुटाउँदै गर्दा बैठालाई फलामको रडसहित पक्राउ गरेकाे हाे । खबर प्राप्त हुनासाथ तत्काल उक्त स्थानमा प्रहरी टोली पुगेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।
बैठालाई नियन्त्रणमा लिई प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भईरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
