काठमाडौं । त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाजका पाइलट मनिषरत्न शाक्यको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगलमा उपचार भइरहेको छ। दुर्घटनास्थलबाट १८ वटा शवहरू झिकेर पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार जहाजका क्याप्टेन मनिषरत्न शाक्यको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ। उनी अहिले बोल्न सक्ने अवस्थामा छन् । उनको निधार र आँखामा गहिरो चोट लागेको छ। काठमाडौं मेडिकल कलेजले शाक्यको अवस्था अहिले खतरामुक्त रहेको जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)