सिमलताल दुर्घटना: नारायणी नदीमा थप एक शव फेला

चितवन । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीमा आज बिहान एउटा शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार एक पुरुषको शव फेला परेको हो। शवको पहिचान खुलेको छैन।

नदी किनारको बालुवामा पुरिएको अवस्थामा भेटिएको शव उत्खनन गरेर निकालिएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ। त्रिशूली बस दुर्घटनामा परि बेपत्ता भएका यात्रु मध्येकै शव भएको हुनसक्ने अनुमान छ।

Advertisement

योसँगै हालसम्म १५ यात्रुको शव फेला परिसकेको छ भने कम्तीमा ४७ यात्रुको अवस्था अझै अज्ञात रहेको छ।

सिमलता दुर्घटनामा परेका यात्रुको शव करिब १०० किमी तल गण्डक व्यारेजमा भेटिन थालेकोले सो क्षेत्रमा खोजी तीव्र पारिएको स्थानीय प्रशासनले जनाएको छ।

More News last news
Loading...