काठमाडौ । नेपाल मोबाइल ब्यवसायी महासंघको तेस्रो स्थापना दिवसको अवसरमा उपत्यका मोबाइल ब्यवसायी संघले चाबहिलस्थित चारुमती स्तुपा सरसफाइ गरेको छ।
महासंघका वरिष्ठ उपाध्यक्ष सोभित प्रसाइको प्रमुख आतिथ्यतामा बिहिबार उपत्यका मोबाइल ब्यवसायी संघले चाबहिलस्थित चारुमती स्तुपाको सरसफाई गरेको हो।
कार्यक्रममार्फत संघले स्तुपाकी आनी सोनामलाई सरसफाई गर्नका निमित्त कुचो, डस्टबिन लगायतका सरसफाईजन्य सामग्रीसमेत हस्तान्तरण गरेको छ।
कार्यक्रममा उपत्यका मोबाइल व्यवसायी संघका संस्थापक अध्यक्षसमेत रहेका प्रसाईंसहित हालका अध्यक्ष बद्री कुँवर तथा कार्यसमितिका पदाधिकारी र सदस्यहरु गरि ५० जना भन्दा बढीको उपस्थिति थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
