श्री एयरको काठमाडौं-भरतपुर उडान गर्ने तयारी, माग्यो अनुमति

काठमाडौं । श्री एयरलाइन्सले काठमाडौं-भरतपुर उडानको तयारी थालेको छ । कम्पनीले क्यु ४०० जेट इन्जिन जहाजमार्फत भरतपुरमा उडानको तयारी थालेको हो । कम्पनीले भरतपुरमा परीक्षण उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ ।

‘बुद्धले प्रयोग गर्दै आएको एटीआर-४२ सिरिजको जहाज फेजआउट हुने चरणमा छ । यसो हुँदा यो गन्तव्यतर्फको उडान सेवा नै ठप्प हुने देखिएकामा श्री एयरलाइन्सले टर्बोप्रोपको उडानका लागि प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले अहिले हामीसँग परिक्षण उडानको अनुमति मागेको छ’, प्राधिकरणका एक कर्मचारीले भने ।

Advertisement

भरतपुर विमानस्थलमा अहिले बुद्ध एयरले मात्र नियमित व्यावसायिक उडान गर्दै आएको छ । बुद्धका तीन वटा एटीआर–४२–३२० सिरिजका जहाजको ‘फ्लाइङ साइकल’ एक वर्षभित्रै सकिने अवस्था छ ।

श्री एयरलाइन्सले नियमित उडान गरे यो गन्तव्यमा भाडादर घट्ने विश्वास छ । काठमाडौं–भरतपुर उडानमा बुद्धले अहिले एकतर्फी भाडा ४ हजार ७३९ रुपैयाँ लिंदै आएको छ ।

भरतपुर विमानस्थलको धावन मार्ग करिब १३ सय मिटर लम्बाईको छ । जहाँ एटीआर-७२ जहाजको अवतरण गर्न गाह्रै हुन्छ । तर, श्रीसँग रहेको बम्बार्डियर कम्पनीको क्यु-४०० सिरिजको जहाज उडान-अवतरण गर्न कुनै समस्या नहुने प्राधिकरणका कर्मचारीले बताए ।

More News last news
Loading...