काठमाडौँका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको अल्टिमेटम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरापलिकाले बिहीबार एक सूचना जारी गर्दै निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको अल्टिमेटम दिएको हो ।

शिक्षा नियमावली २०५९ को नियम १५४ (१) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा व्यवस्था भएबमोजिम नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने व्यवस्था भएकोले सो व्यवस्था बमोजिम विद्यालयको नामाकरण गर्न समेत सूचनामा भनिएको छ।

Advertisement

महानगरपालिका अन्तर्गतको शिक्षा विभागद्वारा जारी सूचनामा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नका लागि प्रक्रिया अघि बढाई एक महिनाभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित निवेदन पेस गर्न सबै निजी विद्यालयहरुलाई अनुरोध गरिएको छ ।

More News last news
Loading...