काठमाडौं । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग चौबीसै घण्टा खुलाउने तयारी भएको छ। गृह मन्त्रालयले सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय काठमाडौंले गर्ने गरी ती दुई क्षेत्र चौबीसै घण्टा खुलाउने तयारी गरेको हो।
गृहको निर्देशनअनुसार ठमेल र दरबारमार्ग क्षेत्र चौबीसै घण्टा खुलाउन आवश्यक तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय काठमाडौले जनाएको छ।
त्यस्तै गृहले ठमेल र दरबारमार्गको अनुभवका आधारमा अरु पर्यटकीय क्षेत्रलाई पनि क्रमशः चौबीसै घण्टा सञ्चालन गर्ने योजना बनाएको छ। यही अनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
