चन्द्रागिरिसहित विभिन्न स्थानमा तीन जना मृत फेला

काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँको चन्द्रागिरि नगरपालिका-४ गोदामस्थित पोखरीमा सोही ठाउँ ५० वर्षीय मंगल बहादुर तामाङ सोमबार मृत अवस्थामा फेला परेका हुन् ।

यस्तै, पर्वतको पैयु गाउँपालिका-५ भोटेगौँडास्थित सिँचाइको कुलोमा सोही गाउँपालिका-५ माछाकाँडे बस्ने ७६ वर्षीय नन्दलाल तिवारी सोमबार मृत अवस्थामा फेला परेका छन् ।

Advertisement

उता तनहुँको ऋषिङ गाउँपालिका-१ ठाँटीस्थित लुन्द्री थापाको घरमा सोही गाउँपालिका-२ बस्ने निजकै दाइ ५२ वर्षीय गुञ्ज बहादुर थापा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

More News last news
Loading...