काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी एक महिला कर्मचारीले मेयर बालेन साहले आफूलाई मानसिक याताना दिएको आरोप लगाएकी छिन्।
महानगरकी वरिष्ठ कानुन अधिकृत (आठौं तह) सस्मिता घिमिरेले मेयर साहले आफूलाई लामो समयदेखि जिम्मेवारविहीन बनाएर ‘टर्चर’ दिएको आरोप लगाएकी हुन्।
महानगरको कानुन विभागमा दरबन्दी आवश्यक हुँदा समेत आफूलाई नराखेर मेयर बालेनले आफ्ना नजिकका मान्छेलाई राखेको उनको आरोप छ। घरमा बस्दा जागिर जाने डरले कार्यालयमा हाजिर गरेर फर्किनु पर्ने बाध्यता रहेको उनको गुनसो छ।
‘अफिस जाउँ भने कुर्सी टेबल केही छैन, नजाउँ भने सानो गल्तीले जागिर जान्छ। प्रशासनमा चरम राजनीति छ। मेयरले आफ्नो कार्यालयमा के भइरहेको छ भनेर हेर्नुपर्ने हो। तर हेरेका छैनन्,’ उनले गुनासो गर्दै भनिन्, ‘मेरो एउटै माग भनेको मलाई पदीय जिम्मेवारी दिनुपर्छ भन्ने हो। अरु केही होइन।’ उनले सामाजिक सञ्जालमा स्टाटस राखेर आफूमाथि अन्याय भएको बताएकी छिन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
