सितापाइलामा नातिनी र छोरीसहित कोठामा मृत भेटिएकी महिलाका श्रीमान् जंगलमा मृत भेटिए

काठमाडौँ । राजधानीको सितापाइला घटनामा थप एक जनाको शव फेला परेको छ। सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका ६ बैराग टोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी छोरी ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी नातिनी सिवानी श्रेष्ठको हत्या भएको हो ।

श्रीमती, छोरी र नातिनी कोठामै मृत फेला परेकामा श्रीमान पनि जंगलमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए।

Advertisement

उनका अनुसार सीतापाइला (नागार्जुन) जंगलमा मृत फेला पर्नेमा सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका-६ भैरबटोलमा बस्ने राजु घिमिरे भन्ने काजी बिक रहेका छन्।

उनी ईश्वरीको श्रीमान् भएको खुलेको छ। उनले श्रीमती ईश्वरी श्रेष्ठ, छोरी र नातिनीको हत्यापछि आफूले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। प्रहरीले तीन जना मृत फेला परेको घटनास्थलबाट हम्बर र चक्कु बरामद छ।

More News last news
Loading...