ललितपुरको इमाडोलमा आमा र दुई बच्चाको ज्यान गयो

काठमाडौं । ललितपुरको इमाडोलस्थित एक घरबाट हामफालेकी महिलाको ज्यान गएको छ । शनिबार अपराह्न महालक्ष्मी नगरपालिका–४ इमाडोलस्थित ओचुहाइटस्थित घरको चौथो तलाबाट ३६ वर्षीया रबिना महर्जनले हाम फालेकी थिइन् ।

स्थानीयले उद्धार गरी उनलाई किस्ट अस्पताल पु-याएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो । साथै सोही घरमा अचेत अवस्थामा फेला परेका दुई बच्चाको पनि मृत्यु भएको छ ।

Advertisement

जिल्ला प्रहरी परिसर ललितपुरले आमाको उपचारको क्रममा र ६ वर्षीय बालक र दुई वर्षीया बालिकाको मृत्यु भएको जनाएको छ । घटनापछि घरभित्र पुग्दा कोठाभित्र दुई जना बच्चाहरू अचेत अवस्थामा फेला परेका थिए ।

बच्चालाई पनि तत्काल अस्पताल पु-याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । बच्चाहरूको मृत्यु के कारणले भएको भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । बच्चाहरूको मृत्यु कसरी भएको भन्नेबारे पोस्टमर्टम रिपोर्ट आएपछि मात्रै भन्न सकिने प्रहरीले जनाएको छ ।

More News last news
Loading...