काठमाडौं । प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता अन्तर्गत आज भएको लिग चरणको खेलमा तीन टीम विजयी भएका छन् । नेपाल एपीएफ स्कुलको आयोजनामा माघ २२ गतेबाट सञ्चालित प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा राई स्कुल नक्साल, दोस्रो खेलमा ब्राइट होराइजन चिल्ड्रेन्स होम मातातीर्थ र तेस्रो खेलमा एपीएफ स्कुल, कीर्तिपुर (क) विजयी भए ।
राई स्कुलले हारती शिक्षा मन्दिर सीतापाइला, ब्राइट होराइजनले नेपालय हाइयर सेकेन्डरी स्कुललाई र नेपाल एपीएफ स्कुल, कीर्तिपुर (क) ले मोर्डन इन्डियन स्कुल चोभारलाई पराजित गरेको हो । आजको खेलहरूमा आर्यनजंग थापा (राई स्कुल), चक्र मन्याल (ब्राइट होराइजन) र तेन्जिङ शेर्पा (एपीएफ स्कुल) म्यान अफ द म्याच घोषित भए ।

उनीहरूलाई एपीएफ स्कुलका समादेशक सशस्त्र प्रहरी नायब उपरीक्षक राजेन्द्र गुरागाईं, अतिरिक्त क्रियाकलाप संयोजक राजकुमार प्याकुरेल र टीम व्यवस्थापक सशस्त्र प्रहरी नायब निरीक्षक दिनेश खड्काले ट्रफी प्रदान गरे । प्रतियोगिता अन्तर्गत भोलि शनिबार ६ समुहबीच लिग चरणका अन्तिम खेल हुनेछन् ।
भोलि २७ गते हुनेअन्तिम लिग चरणका खेलहरु
- सैनिक आवासीय माध्यामिक विद्यालय सल्लाघारी, विरुद्ध ग्रिन भिलेज सेकेण्डरी स्कुल कीर्तिपुर
- पुष्पसदन स्कुल विरुद्ध लेवोरेटरी माध्यामिक विद्यालय कीर्तिपुर
- राई स्कुल नक्साल,विरुद्ध नेपालय पब्लिक ईङ्गलिस स्कुल, जोरपाटी
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
