सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल: आजको खेलमा लिटिल एन्जल्स र नेपाल पुलिस स्कूल साँगा विजयी

कीर्तिपुर । कीर्तिपुरस्थित नेपाल एपीएफ स्कूलको आयोजनामा जारी प्रथम एन ए पि एफ एस अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिताको चौथो दिन सम्पन्न खेलमा लिटिल एन्जल्स र नेपाल पुलिस स्कूल साँगा विजयी भएका छन ।

बिहीबार सम्पन्न पहिलो खेलमा ग्रिन भिलेज सेकेण्डरी स्कुल कीर्तिपुर र लिटिल एन्जल्स स्कूल, हात्तिवन ललितपुरबीच भएको खेलमा लिटिल एन्जल्स विजयी भएको छ । एक पक्षीय देखिएको खेलमा लिटिल एन्जल्स ११ गोलले विजयी भएको हो ।

Advertisement

लिटिल एन्जल्सका लागि कृयुष डंगोल र ओस्कर लामाले समान २–२ गोल गर्दा प्रसुन तुलाधरले ह्याट्रिक गरे । प्रशुन तुलाधर खेलको म्यान अफ द म्याच चुनिए । खेलमा अनमोल सुब्बा निश्चल नेपाली र शिलभम मगरले समान १–१ गोल गर्दा ग्रिन भिलेजले १ गोल उपहार दिएको थियो ।

यसैगरी, बिहीबार नै सम्पन्न अर्को खेलमा काभ्रेको साँगास्थित नेपाल पुलिस स्कूलले काव्या स्कूल काठमाडौँलाई ६–१ गोल अन्तरले पराजित गर्यो। खेलमा नेपाल पुलिस स्कूलका प्रशान्त मोक्तान खेलको म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत भोलि शुक्रबार ३ खेल हुनेछन् । जहाँ हारती शिक्षा मन्दिरविरुद्ध राइ स्कुल, ब्राईट होराईजन चिल्ड्रेन्स होम, मातातीर्थविरुद्ध नेपालय हाईयर सेकेण्डरी स्कूल तथा मनकामना सेकेण्डरी स्कुल, जोरपाटीविरुद्ध नेपाल एपीएफ स्कुल, कीर्तिपुर (क) टिम बीच खेल हुने तालिका रहेको छ ।

फागुन ८ गतेसम्म चल्ने प्रतियोगितामा काठमााडौं उपत्यकाका १७ र काभ्रे जिल्लाबाट एक गरी कुल १८ वटा विद्यालयका १९ टिमबीच लिग कम नकआउट आधारमा खेलहरु सञ्चालन हुने आयोजकले जनाएको छ। खेलको पुरस्कार राशी ५० हजार रुपैयाँ रहेको छ ।

More News last news
Loading...