अवैध ट्रायल सेन्टर बन्द र ट्रायलमा डिजिटल हस्ताक्षर लागु गर्ने सरकारको निर्णय

तुलसीपुर । लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले मापदण्डविपरीत सञ्चालनमा रहेका सवारी चालक अनुमतिपत्र प्रयोगात्मक परीक्षा प्रशिक्षण केन्द्र (ट्रायल सेन्टर) हरू सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।

उद्योग तथा यातायात व्यवस्थामन्त्री सरोज थापाले लुम्बिनी प्रदेशभित्र सञ्चालनमा रहेका मापदण्डविपरीतका ट्रायल सेन्टरहरूलाई बन्द गर्न निर्देशन दिएका हुन्। अवैध ट्रायल सेन्टरहरू बन्द भएपछि सेवाग्राहीलाई चालक अनुमतिपत्र लिन सहज हुने र विचौलियाहरूको हैरानी रोकिने अपेक्षा लिएको मन्त्री थापाले बताए।

Advertisement

मन्त्री थापाको निर्देशनपछि मंगलबार देउखुरीस्थित मन्त्रालयमा सचिव उमेश ढुङ्गानासहितका सरोकारवाला कर्मचारीहरूको बैठकले मापदण्डविपरीत सञ्चालनमा रहेका प्रशिक्षण केन्द्रहरूलाई सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।

More News last news
Loading...