कीर्तिपुर । प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगितामा आयोजक एपीएफ स्कुल कीर्तिपुर विजयी भएको छ । विद्यालय तहबाटै फुटबल खेलको विकास र विस्तार गर्ने उद्देश्यले आयोजना गरेको अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगितामा आयोजक नेपाल एपीएफ स्कुल कीर्तिपुरले विजयी सुरुवात गरेको हो ।
प्रथम एनएएफपीएफ अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता(२०८० अन्तर्गत आज मिति माघ २३ गते नेपाल एपीएफ स्कुल कीर्तिपुर (ख) र पुष्पसदन स्कुल, कीर्तिपुरबीच भएकोलिग चरणको खेलमा नेपाल एपीएफ स्कुल, कीर्तिपुर ४–० गोल अन्तरले विजयी भएको हो ।
नेपाल एपीएफ स्कुलको तर्फबाट विकेन खत्रीले ३ र विवेकानन्द कुशवाहले १ गोल गरेका थिए । त्यसैगरी आज भएको दोश्रो खेलमा मनकामना सेकेण्डरी स्कुलले, जोरपाटीले डि.ए.भी. स्कुल, जावलाखेल ललितपुरलाई ४–० गोल अन्तरले पराजित गरेको छ । मनकामना सेकेण्डरी स्कुल, जोरपाटीको तर्फबाट सुनिल डंगोलले–२ र अनिश डंगोल र रविन तामाङ्गले १–१ गोल गरेका थिए।

आजको भएको खेलमा नेपाल एपीएफ स्कुल, कीर्तिपुरका उत्कृष्ट खेलाडी विकेन खत्रीलाई म्यान अफ द म्याच घोषित गरी यस विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक राजकुमार प्याकुरेलले ट्रफी प्रदान गरे भने दोस्रो खेलमा मनकामना सेकेण्डरी स्कुल जोरपाटीका खेलाडी सुनिल डंगोल म्यान अफ द म्याच घोषित भई स्कुल सुरक्षा वृश प्रमुख सशस्त्र प्रहरी निरीक्षक भागवत कुमार खड्काले ट्रफी प्रदान गरेका थिए।
भोलि मिति द्दण्डण्रज्ञण्रद्दद्ध गते हुने खेलहरु
१) नेपालय पब्लिक इंग्लिश स्कुल, जोरपाटी,विरुद्ध हारती शिक्षा मन्दिर सितापाईला।
२) ग्रिन भिलेज एजुकेशन फाउण्डेशन, कीर्तिपुर विरुद्ध जेम्स स्कुल, धापाखेल।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
