काठमाण्डाै । काठमाण्डौ महानगरपालिकाले वडा नम्बर ३१ को आलोकनगर क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाएका घर टहरा भत्काइदिएको छ ।
पटक पटक चेतावनी दिँदा पनि अटेरी गरेको भन्दै महानगरपालिकाले अवैध घर टहरा भत्काएको जनाएको छ । वडा कार्यालयले खेलकुद पार्क बनाउने तयारी गरेको सार्वजनिक जग्गामा बनेका अस्थायी घर टहरा भत्काउन शुरु गरेको महानगर प्रहरीले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
