अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाद्वारा सुपर सोनिक विमान सार्वजनिक

एजेन्सी । अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले .सुपर सोनिक विमान एक्स ५९ सार्वजनिक गरेको छ। ध्वनिको गतिभन्दा पनि तीव्र गतिमा उड्ने यो विमानले उडानको समयमा अत्यन्त कम आवाज निकाल्ने नासाले जनाएको छ।

नासाका अनुसार यो विमानको लम्बाइ ९९ दशमलव ७ फिट र चौडाइ २९ दशमलव ५ फिट रहेको छ भने यसको प्रतिघण्टा १४ सय ८८ किलोमिटरको दूरीमा उड्न सक्ने क्षमता छ। अरू यात्रुवाहक र कार्गो जहाज ३५ हजार फिटसम्म मात्रै उड्ने गरेकोमा यो विमान ५५ हजार फिटको उँचाइमा उड्ने नासाले जनाएको छ।

Advertisement

यस अघिसम्म अमेरिका लगायत अन्य देशहरुले मानव बस्तीमा असर पर्न सक्ने भन्दै ५० वर्षदेखि सुपरसोनिक विमानको उडान परीक्षणमा प्रतिबन्ध लगाएको थियो । नासाले उडानको कम्रमा कम ध्वनि निकाल्ने गरी विमानको डिजाइन गरिएको जानकारी दिएको छ।

नासार र एरोस्पेस क्षेत्रको प्रमुख कम्पनी लकहिड मार्टिनले यो सुपरसोनिक विमानले यही वर्षको अन्त्यमा पहिलो पटक परीक्षण उडान भर्ने जनाएको छ। यसको परीक्षण उडान सफल भएपछि अमेरिकाका विभिन्न सहरमा एक्स ५९ ले उडान भर्नेछ।

More News last news
Loading...