काठमाडाैं | प्रतिलिपि अधिकार उल्लङ्घन र आपराधिक विश्वासघात गरेको आरोपमा राइड शेयरिङ एप ‘टुटल’ का संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् । प्रहरीले भट्टलाई ‘टुटल’ सम्बन्धी नै मुद्दामा गए राति पक्राउ गरेको हो।
उनीविरुद्ध कम्पनी आफ्नो बनाउन जालसाजी गरेको आरोपसहित उनका प्रारम्भिक व्याव सायिक साझेदारले नै मुद्दा दर्ता गरेका काठमाण्डाै प्रहरी परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) कुमुद ढुंगेलले बताउनुभयो । त्यसपछि उनीमाथि यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो।
राइड शेयरिङ एप ‘टुटल’ नाकाबन्दीपछि नेपालमा सञ्चालनमा आएको थियो । तर पठाओसहितका अरू राइड शेयरिङ एप पनि सञ्चालनमा आएपछि बन्द भएको टुटल केही महिनाअघि पुनः सञ्चालनमा आएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
