सन्दीप लामिछाने न्याय खोज्दै उच्च अदालत जाने

काठमाडौं। जिल्ला अदालत काठमाडौँबाट जबरजस्ती करणीको मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछाने थप कानुनी उपचारका लागि उच्च अदालत जाने भएका छन्।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले हिजो जबरजस्ती करणीको मुद्दामा किशोरी साबालिग रहेपनी सन्दिप नै दोषी रहेको ठहर गरेको थियो।

Advertisement

सन्दीपका वकिल सरोज कृष्ण घिमिरेका अनुसार अदालतको यस्तो आदेशपछि जिल्लाको फैसला चित्त नबुझेको भन्दै थप कानुनी उपचारका लागि उनि उच्च अदालत जाने तयारी गरेका हुन्।

’सम्मानित अदालत र माननीय न्यायाधीशको स्वतन्त्रता र सक्षमतामा हामीलाई अटल आस्था,भरोसा र विश्वास छ। क्रिकेटर सन्दीप लामिछानेको हकमा काठमाडौँ जिल्ला अदालतबाट दोषी ठहर हुने गरी भएको फैसलामा हाम्रो चित्त बुझेको छैन।हाम्रो पक्ष दोषी होइन भन्ने कुरामा हामी विश्वस्त भएको हुँदा थप कानुनी उपचारका लागि हामी उच्च अदालत जानेछौँ।’ घिमिरेको भनाई थियो।

यस्तै काठमाडौँ जिल्ला अदालतले सजाय निर्धारणलगत्तै यथासम्भव छिटो फैसलाको पूर्णपाठ तयार पारी उपलब्ध गराउने विश्वास लिएको घिमिरेको भनाई थियो।

More News last news
Loading...