काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको किष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत छन् । अर्का एक जना गम्भीर घाइते छन् ।
रोजगार अनुमति प्रणाली (ईपीएस) परिक्षामा सहभागी हुन पाउनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका युवाहरुलाई रोक्ने क्रममा प्रहरीले गोली चलाएको थियो । स्थिति नियन्त्रणमा लिन चलाइएको गोली लागेका प्रदर्शनकारीलाई उपचारको लागि किष्ट अस्पताल पुर्याइएको थियो ।
यसअघि प्रदर्शनकारीले मन्त्री प्रकाश ज्वाला चढेको बा.२ झ ५८६१ नम्बरको गाडी जलाइदिएका थिए । आगलागीबाट मन्त्री ज्वाला चढ्ने गाडी ध्वस्त भएको छ । प्रहरीले आगजनीमा संलग्न ५ जनालाई पक्राउ जानकारी दिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
