गत स्थानीय तहको निर्वाचनमा कास्कीको रुपा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेकपा (एमाले) का उमेद्वार राजन सुवेदी विजयी भए । उनले गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार विष्णुप्रसाद ओझालाई १६१ मतान्तरले पराजित गरेका थिए । सुवेदीले ५२१ मत ल्याउँदा ओझाले ३६० मत मात्रै पाए । सुवेदीसँगै चारै जना वडा सदस्यमा पनि एमाले उमेद्वारहरु विजयी भए । यसअघिको निर्वाचनमा नेपाली कांग्रेसका उमेद्वार जिजयी भएको सो वडा पछिल्लो निर्वाचनमा भने एमालेले सेटै हान्यो । युवा नेता, जनताको काम गर्ने हुटहुटी बोकेका सुवेदी विजयी भएपछि सो वडामा के के काम भए ? स्थानीय तहमा दल भित्रको आन्तरिक र वाह्य राजनीतिक अवस्था कस्तो छ ? भन्ने विषयमा गरेको कुराकानीको संपादित अंश प्रस्तुत गरेका छौँ ।
वडाध्यक्ष भएपछि वडालाई कसरी व्यवस्थापन गर्नुभएको छ ?
️अति सामान्य तरिकाबाट हामीले हाम्रा कार्य सम्पादन गर्ने गरेका छौँ । जनताका अप्ठ्यारोमा जनतासँग रहेर काम गर्ने गरेको छु । कसरी हुन्छ थोरै खर्चमा धेरै काम गरौँ भन्ने छ । कताबाट कसरी हुन्छ जनताका काम गरौँ सुविधा दिउँ, विकासका काम थपौँ भन्ने मात्रै छ ।
तपाईंको वडालाई हेर्ने पालिका र वडा जनप्रतिनिधिको नजर कस्तो छ ?
सबैभन्दा पहिला मेरो वडाका अन्य जनप्रतिनिधिहरु विकास र समृद्धिको पक्षधर हुनुहुन्छ र मलाई उहाँहरुको बलियो साथ छ l म उहाँहरुको सक्रियता र समर्थनबाट सन्तुष्ट पनि छु । रह्यो पालिकाले हामीलाई कसरी हेर्छ ? भन्ने कुरा, “पालिका हाम्रो अभिभावक हो हामीले गरेको कामहरु निरन्तर अनुगमन गर्नुहुन्छ, कम्जोरी भएका ठाउँमा सुझाउनुहुन्छ । हौसला प्रदान गर्नुहुन्छ अध्यक्ष र म विशेष सल्लाह गरेर काम गर्छौ पालिकाले हामीलाई कामकाजी वडाको रुपामा हेर्छ ।”
पार्टीभित्र तपाई पृथ्वी सुब्बा गुरुङसँग निकट र पालिका अध्यक्ष खगराज निकट भनेर चिनिनुहुन्छ, काम गर्न कत्तिको गाह्रो-साह्रो हुन्छ ?
तपाइको प्रश्न अलि पृथक आयो । यो बाहिरी बुझाइ होला । तर जुन दिन हामीले चुनाब जित्यौ त्यहि दिनदेखि हामी साझा जनप्रतिनिधि भएका छौँ । हामीले वडामा वा पालिकामा राजनीति गर्दैनौँ । कहिल्यै गरेका पनि छैनौँ । रह्यो कुरा हाम्रो पार्टी भित्रको कुरा l म दुवै नेतालाई उत्तिकै सम्मान गर्छु । नेता छान्नी बेलामा भोट हाल्न परे कुनै एक रोज्थे होला l त्यो पनि खगराज कमरेड र पृथ्वी सुब्बा कमरेडहरु एउटै पदमा लडे । तर यस्तो वातावरण सृजना भएको छैन, तसर्थ मेरा लागि दुबै सम्मानित नेता हुनुहुन्छ । बाँकी हाम्रो पालिका अध्यक्ष ज्युको कुरा हो । तर हामीमा एकता छ हामीले कार्य सम्पादन मिलेरै गरेका छौँ ।
वडामा खास नयाँ के–के काम गर्नुभयो, के गर्दै हुनुहुन्छ ? तपाईंसँग जनअपेक्षा कस्ता छन् ?
️वडामा हामीले जनताको जिवनयापन सहज वनाउने वातावरण सृजना कसरी गर्न सकिन्छ ? भन्ने ढंगले हरेक योजनाहरु बनाउने गरेको छौ बाटा-घाटा स्तरिकरण, कुला कुलेसी निर्माण तथा स्तरिकरण, खानेपानी, सरसफाइ, जनचेतनामूलक कार्यक्रम, विद्यार्थी प्रोत्सान, विधालय निरिक्षण तथा छलफल, संघ, प्रदेश र स्थानीय तहका योजनाहरु सहि ढंगबाट सम्पन्न आदि गर्ने गरेका छौ । म संग जनताको अपेक्षा अल्लि बढिनै छ l मैले बुझेको छु मैले गर्नुपर्ने काम धेरै नै छन यो बर्ष देखि वडाको विकास देखिन थाल्नि छ अर्को बर्षदेखि दुई नम्बर वडाको विकासको मोडल अन्त पनि लागू गर्नेगरि हामीले हामीलाई प्रस्तुत गरेका छौ ।
सरकारी निकायमा जनता बोकेर हिँड्नुहुन्छ भन्ने आरोप कि सत्य ?
️यो सत्य कुरा हो । मैले मेरो वडाका नागरिको हरेक अप्ठ्यारोमा साथ दिने कसम खाएको छु । यो मेरो नैतिक धर्म पनि हो । मैले लियर जाँदा उहाँहरुको काम तुलानात्मक रुपमा केही सहज र छिटो हुन्छ । सरकारी कार्यालयमा मात्रै हैन बेजिल्ला गएर पनि हाम्रो वडाको नागरिकको काम गरेर आएका प्रसस्तै उदाहरण छन् म संग । मैले दायित्व सम्झेर सेवा गरेको छु अरु कसरी बुझ्नुहुन्छ तपाईंको विचार ।
तपाईलाई आगामी पालिका अध्यक्षको बलियो दाबेदार भन्छन् नि ?
️राजनीतिमा लागिसकेपछि आगामी तयारी, भिजन केही-केही सबैसँग होला । तर आगामी निर्वाचनकै लागि तयारी गरेको भन्ने चाँही होइन । म रुपा २ बाट निर्वाचित भइसकेपछि सबै वडाबाट कार्यक्रम र आन्तरिक छलफलका लागि बोलाउनुहुन्छ । म सकेसम्म जान्छु पनि । उहाँहरुका समस्या आफ्नो हैसियतले भ्यायसम्म समाधान पनि गर्छु । जनसम्बन्ध र जनसम्पर्क बढिरहेको छ । यसैलाई चुनावी तयारी भन्न मिलेन । म जनताको मान्छे हो, सुख दु:खमा जनतासँगै रहन खोजेको मात्रै हो । अरु केही होइन ।
पालिकाभित्र तपाइँको यतिबिग्न दौडधुप किन त ?
यति साना कुरा पनि तपाइले बुझेर प्रश्न गर्नुभयो म भावुक भएँ । फिस्स हाँसो !,,, हामी जनप्रतिनिधिहरु जनताका माझमा जानू के ठुलो बिषय रह्यो र ? प्राय ठाउँमा बोलाउनु हुन्छ बोलाएका ठाउँमा भ्यायसम्म पुग्ने गरेको छु । भुइँ मान्छे हु नि सर । प्राय मलाई भुईमै देख्नुहुन्छ । हा हा !,,,
सबैले मिसन ८४ भन्छन्, तपाइँको पनि त्यहि होला ?
होइन । सबैले मिसन ८४ भनेपनि मैले भनेको छैन । मैले भनेको भयत ८४ तिरै दौडिन्थे होला नि ? मैले त जनताको निमन्त्रणा स्विकारेको मात्रै हुँ ।
घुमाउरो जवाफ आयो, सिधा भन्नुस् न ?
यस्तो बिलकुल हैन । मैले मात्रै चाहेर म पालिकाको अध्यक्ष हुनी हैन नि । पार्टीले कस्लाई छनोट गर्छ त्यो बेलामा अहिल्यै मखम् भन्दै हिँड्नु हुँदैन भन्ने मेरो बिचार हो । म माथि भरोसा हुँदा त म तयार नै हुनुपर्छ नि एउटा राजनीति कर्मीका हिसाबले होइन र ?
तपाईं त रुपामा ‘पीएस’ को गुट जन्माउने मान्छे भन्छन् ? तपाईंको टिकट ग्यारेन्टी होला नि ?
यस्तो भ्रमपूर्ण कुरा गर्नु हुँदैन । अहिले साझा भएर जनताको काम गर्नु मेरो पहिलो दायित्व हो । पार्टी भित्रका केही कुरा भए पार्टी मै मिलाउने हो । यो गुट जन्माउने हुर्काउने वा अन्य केही पनि गतिविधिमा हामी कोहि पनि छैनौँ । हामीले अहिले पार्टी बलियो बनाउन लाग्ने हो । यो सत्य होइन ।
तपाइँ एमालेसँगै, कांग्रेस, माओवादीका नेताहरुलाई पनि सँगै लिएर हिँड्नुहुन्छ, के हो त्यसको राज ?
️पहिलो कुरा म सबै कुरालाई राजनैतिक आँखाबाट हेर्दिन । कांग्रेस, माओवादी वा म भन्दा भिन्न बिचार राख्ने सबैसंग आत्मिय सम्बन्ध कायम राख्नुपर्छ भन्ने मलाई लाग्छ । राजनीति, नीति, विधिमा फरक परेपनि अरु बेला त उहाँहरु मेरो मित्र हुनुहुन्छ हामी सबै दलका कार्यकताहरु बेला बेलामा भेटघाट गरि रहन्छौ । एक आपसमा छलफल गर्छौ, भावना साटासाट गर्छौ, चुनावमा फेरि मित्रवत प्रतिस्पर्धा गछौँ । यसमा खास केही राज छैन ।
अहिलेका नयाँ दल प्रति तपाईंको धारणा के छ ?
️मेरो त्यस्तो धारणा केही छैन । जनताको सेवा गर्न आउनु भएको छ स्वागतयोग्य नै छ उहाँहरुलाई पनि । शुभकामना भन्न चाहान्छु ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
