गरीबको आँङ छोप्न न्यानो कपडा लिएर गाउँ पुगे समाजसेवी ताराबहादुर

काठमाडौँ । समाजसेवी ताराबहादुर कुँवर हजुरलाई नमस्ते परोपकारी संस्था मार्फत पाँचखाल, भुम्लु, धुलिखेल, मण्डनदेउपुर लगायतका स्थानमा रहेका विपन्न नागरिक, ज्येष्ठ नागरिक, एकल महिला, अशक्त तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई घर घरमा पुगेर न्यानो कपडा तथा सहायता सामाग्री लिएर गाउँ पसेका छन् ।

पछिल्लो एक सातामा कुँवरले एक सय जनालाई न्यानो कपडासहित जीवन निर्वाहका लागि अन्य सहायता सामाग्री उपलब्ध गराएका छन् भने विभिन्न संघ संस्थाको समन्वयमा विभिन्न पालिकाका अशक्त, अपाङ्गता ब्यक्तिहरुलाई सहयोग गर्ने अभियानलाई तीव्र बनाएका छन् ।

Advertisement

समाजसेवी ताराबहादुर कुँवरले जाडो समयमा न्यानो गराउने उदेश्यले आईतबार पौष १ गते ५५ जना ब्यक्तिहरुलाई स्विटर, गलबन्दी, काने टोपी, कम्बल लगायतका सामानहरु उपलब्ध गराएका हुन् ।

पाँचखाल नगरपालिकाको वडा नम्वर १३, ११ र ९ नम्वर वडा कोशिदेखा, खरेलथोक र पलाञ्चोक भगवती, रानीपानी, मण्डनदेउपुर नगरपालिका वडा नम्वर ६ गैह्विसौनाका ब्यक्तिहरुलाई रास्वपा जिल्ला संयोजक एवं हजुरलाई नमस्ते परोपकारी संस्थाका सल्लाहकार प्रविण ढकाल र क्षेत्रिय सचिव तथा संस्थाका सल्लाहकार मन्दिरा खरेल लगायतको टोलीले उक्त सामाग्री वितरणमा सहभागिता जनाएका थिए ।

प्राईम बैकको एक सय थान स्विटर

प्राईम बैकको सामाजिक उत्तरदायित्व अन्तर्गत एक सय थान स्विटर हजुरलाई नमस्ते परोपकारी संस्थामा उपलब्ध गराइएको छ । त्यस्तै रवीन्द्र न्यौपानेले एक थान ह्विल चियर सहयोग उपलब्ध गराएका छन् । मसिंर २३ गते शनिबार सोहि संस्था मार्फत ताराबहादुर कुँवरले ४५ जनालाई भुम्लु गाउँपालिका ९ ज्याम्दी र पाँचखाल नगरपालिका १ कोट्याङ्गमा न्यानो कपडा वितरण गरिएको थियो । कोट्याङ्गमा रहेका १ सय ७ वर्षीय ज्येष्ठ नागरिकले उक्त कार्यको प्रशशा गरेको कुँवरले बताए ।

More News last news
Loading...