काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व सांसद गोबिन्द बिक्रम शाह राप्रपा नेपालमा प्रबेश गरेका छन्। बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति आवश्यक रहेको भन्दै शाह राप्रपा नेपालमा प्रवेश गरेको पार्टीका महामन्त्री केशव राज श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार, शाह जाजरकोट जिल्लाका तत्कालीन निर्बाचित जिबिस सभापति, निर्बाचित सांसद, राप्रपाका संस्थापक सदस्य हुन् भने पछिल्लो समय नेकपा एमालेमा सक्रिय रहँदै आएका थिए ।
राप्रपा नेपालले विद्यमान भ्रष्ट व्यवस्थाको अन्त्य, राजसंस्था र हिन्दूराष्ट्रको पुनःस्थापना तथा संघीयता खारेजीको अभियानमा सबै राष्ट्रवादीहरुलाई एक जुट हुन आवाह्न समेत गरेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
