एमालेबाट निर्वाचित वडा अध्यक्ष पाँच लाख घुससहित पक्राउ

काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगर–३ का वडा अध्यक्ष ताराबहादुर कार्की पक्राउ परेका छन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाबाट खटिएको टोलीले ५ लाख घुससहित सोमवार दिउँसो पक्राउ गरेको हो।

Advertisement

सडक बनाउने क्रममा स्थानीय राजन उप्रेतीसँग घुसबापत लिएको पाँच लाख रुपैयाँसहित कार्की जितपुरस्थित जैसवाल होटलबाट पक्राउ परेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार स्रोतले जनाएको छ ।

पक्राउ परेका वडाअध्यक्ष कार्की नेकपा एमाले पार्टीबाट निर्वाचित बनेका हुन्।

More News last news
Loading...